वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतबासी नेपालीहरूले दुई लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराएका छन । बेलायतबासी नेपाली चलचित्रका नायक ध्रर्व दत्तको पहलमा यो रकम संकलन गरिएको थियो ।

रकम बिहिबार क्षेत्री बसिरहेको काठमाण्डौको डिल्लीबजारमा पुगेर सञ्चारकर्मी राजन घिमिरे र नाट्यकर्मी सनमकुमार बैरागले सम्युक्त रूपमा हस्तान्तरण गरे । प्रवासी नेपालीहरूको माया र साथ आफूले सधै पाएको कुरा बताउँदै कलाकार क्षेत्रीले बेलायतमा रकम संकलन गर्दिनु हुने अभिनेता धु्रव दत्तलाई धन्यवाद दिए । अभिनेता दत्तले बरिष्ठ कलाकारलाई सहयोग गर्न पाउनुलाई बेलायतबासीहरूले धन्य ठानेको कुरा बताएका छन ।

For More videos Log on to Mazzako TV