संचारकर्मी आचार्यको निर्देशनमा म्युजिक भिडियो छायांकन समपन्न
संचारकर्मी कुमार आचार्यको निर्देशनमा दुई वटा म्युजिक भिडियोको छायांकन समपन्न भएको छ । ‘ठुम्काले’ र ‘मन पर्यो’ गीतको भिडियो चितवन र नवलपरासीको विभिन्न स्थानमा छायांकन भएको हो । उक्त म्युजिक भिडियो मोडल रन्जु र म्याण्डीले अभिनय गरेका छन् ।

उक्त गीतमा शब्द र स्वर भने संचारकर्मी सुरज पौडेलले दिएका छन् । कुमारले दुई गीतको चितवन र आसपासको स्थानमा छायांकन गर्दा कुनै अफ्ट्यारो नभएको साथै काम राम्रोसंग सकिएको बताएका छन् । गायक सुरजले चितवनमा फ्रेश लोकेशन भएको कारण पनि हामीले चितवनमा छायांकन गरेको बताए । साथै भिडियो बजारमा आएपछी दर्शकले रुचाउने दाबि पनि समेत गरेका छन् ।
For More videos Log on to Mazzako TV







