हाँस्य कलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ले ‘सोए ढोले सोए’ भिडियो सार्वजनिक गरेका छन् । उभौली साकेलाको अवसरमा दर्शकलाई उपहार स्वरुप भिडियो सार्वजनिक गरेका हुन् । पूर्वी नेपालको राई संस्कृति झल्काउने भिडियोमा तक्मेसँगै एलिशा राई समेत फिचरिङमा छिन् ।

राजेश पायल राई र वसन्ती राईको स्वरमा सजिएको गीतमा विमल डाँगीको शब्द, संगीत रहेको छ । तक्मे बुढा आफैँले निर्देशन गरेको भिडियोमा कमल राईको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । हर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV