सेन्सरबाट फिल्म पास भएपनि ‘पञ्चायत’ निर्देशक शिवम अधिकारीले भने सेन्सर सदस्य प्रति असन्तुष्टि जनाएका छन् । सेन्सर सदस्यले आफुलाई जर्बजस्ती पिजी प्रमाण पत्र भिडाएको निर्देशक अधिकारीको दाबी छ । उनले सेन्सर वोर्डका सदस्यलाई ‘नामर्द’ रहेको आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

दशक पहिलाको पञ्चायत शासन व्यवस्थाको समाजिक अवस्थालाई चित्रण गरिएको ‘पञ्चायत’ हरेरेपछि सेन्सर सदस्यले पिजी अर्थात् बालबालिकाले अभिभावकको साथमा फिल्म हेर्नु पर्ने गरी प्रमाण पत्र दिएका हुन् । फिल्मको आउँदो जेठ १८ गते चितवनमा रेड कार्पेट प्रिमियर समेत हुँदैछ । सञ्चारकर्मी रवि अधिकारीले निर्माण गरेको फिल्म ‘पञ्चायत’ देश तथा विदेशका विभिन्न मेला तथा महोत्सवमा पठाइने तयारी हुँदैछ । फिल्ममा अभिनेता सरोज खनाल, नीता ढुंगाना लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV