प्रियंकाकी मम्मीसँग निरुताको यस्तो निकटता
केही दिन पहिले नायिका जेनिशा केसी बलिउड नायिका प्रियंका चोपडाको ब्यानरबाट बन्दै गरेको भोजपुरी फिल्ममा अभिनय गर्दै गरेको सामाचार सार्वजनिक भएको थियो । जेनिशा पछि अब पालो एक समयकी सफल अनि चर्चित नायिका निरुता सिंहको ।

निरुताले हालै आफ्नो इन्स्टामा प्रियंकाकी आमा डा.मधु चोपडासँग निकै निकट रहेको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा निरुता मधुको अंगालोमा बाँधिएकी छिन् भने उनलाई चुम्मा समेत गरेकी छिन् । मधुलाई भेट्दा आफु जहिल्यै आभारी हुने उल्लेख गरेकी छिन् । कतै निरुता र मधुको सामिप्यता कुनै प्रोजेक्टको त होइन् ? उसो त निरुता निकै वर्ष पहिलो नेपाली फिल्म खेल्न छोडेर बलिउडमा भविष्य खोज्न हिंडेकी थिइन् ।
For More videos Log on to Mazzako TV







