‘डायरी’ मा हेर्नुस् नव नायकसँग डल्लीको रोमान्स (भिडियो)
जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘कस्तो हो यो’ बोलको भिडियोमा डल्ली अर्थात् नायिका छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहबिचको केमेस्ट्रीलाई देख्न सकिन्छ । पोखराको सुन्दर दृश्यमा खिचिएको भिडियो हेर्नुस् :
स्वप्निल शर्माको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र रजिना रिमालको स्वर छ । कोरियोग्राफी शिशिर खातीको रहेको भने कस्ट्युम डिजाइन कमल मानन्धरको छ ।

अनिल योञ्जनको निर्देशन रहेको फिल्म ‘डायरी’ मा नायिका रेखा थापा भिलेनको रुपमा प्रस्तुत भएकी छिन् । राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा शिव राम श्रेष्ठको छायाँकन छ । पटकथा तथा संवाद निर्देशक योञ्जन र छेतेन गुरुङको हो ।
For More videos Log on to Mazzako TV







