अप्सराले कस्लाई भेटिन् ? जीवनको मोडमा (भिडियो)
गायीका अप्सरा घिमीरे र फिरोज बस्नेतको स्वरमा ‘भेटियौ’ बोलको म्युजीक भिडियो सार्वजनिक भएको छ । निकै मेलोडी गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ । म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

यसअघि ‘मनसुन’ एल्बम बजारमा ल्याएकी गायीका घिमीरेले आधुनिक गीत संगै केहि फिल्मका गीतहरुमा समेत स्वर दिइसकेकी छिन् । ‘भेटियौ’ गीतको म्युजिक भिडियोको सम्पादन र निर्देशन सतिस श्रेष्ठले गरेका छन् । म्युजिक भिडिया यस्तो छ :
रोमान्टिक लभ स्टोरीको कथामा तयार पारिएको भिडियोमा बलराम बुढाथोकीको छायाँकन रहेको छ ।
For More videos Log on to Mazzako TV







