पुष २८ देखि ‘राज्जा रानी’ रिलिज हुने
नायिका केकी अधिकारी र कलाकार नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्म निर्माता रमेश एम.के र वितरण कम्पनी एफ.डिसँग भएको सहकार्य अनुसार ‘राज्जा रानी’ यस वर्षको पुष २८ गतेदेखि प्रदर्शनमा आउनेछ ।

यम थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा नायिका रेखा थापा पनि विशेष भूमिकामा प्रस्तुत भएकी छिन् । मधेशी युवा र युवतीको प्रेम कथामा आधारित ‘राज्जा रानी’ को सम्पूर्ण छायाँकन नेपालगंजमा गरिएको छ । फिल्ममा रेखा, केकी र नाजिरसँगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । तारा प्रकाश लिम्बु र दीपक शर्माको संगीत रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV







