अन्तर्राष्ट्रिय महोत्सवको सहभागीतापछि फिल्म  ‘डा.खाते’ सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आगामी साउन ६ गतेबाट अल नेपाल रिलिज हुने निर्मात्री रोशनी केसीले जानकारी दिइन् । काठमाडौंमा गोविन्द शाही र मोफसलमा एफडी कम्पनीले पिल्म वितरणको जिम्मा लिएको छ ।

रविराज अर्यालले निर्देशन रहेको फिल्म  ‘डा.खाते’ मा शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, विजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतका कलाकारहरुको अभिनय छ । जगदिश्वर थापाले लेखेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्भेको सम्पादन र डब्बु क्षत्रीको कास्टिङ रहेको छ । ट्रेलर हेर्नुस् :

सडक बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिएको खण्डमा उनीहरु डाक्टर लगायत अन्य पेशामा सफल हुन सक्छन् भन्ने सन्देश फिल्ममा दिन खोजिएको छ ।

For More videos Log on to Mazzako TV