फिल्म ‘म यस्तो गीत गाउँछु’ मा समावेश ‘भन्छु आज’ बोलको गीतले दर्शक तथा श्रोताको मन जितेको छ । यो गीतको भिडियोलाई युट्युवमा सार्वजनिक भएको ६ दिनमा ११ लाख बढीले हेरेका छन् भने प्रतिक्रिया पनि उत्कृष्ट दिएका छन् । ट्रेन्डिङमा पनि दश नम्वरमा छ । अर्जुन पोखरेलको संगीत रहेको गीतलाई धेरैले ‘प्रेम गीत’ को शिर्ष सुपरहिट गीत जत्तिकै रहेको भन्ने समेतको प्रतिक्रिया दिएका छन् । भिडियो हेर्नुस् : 

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतको शब्द निर्देशक सुदर्शन थापाले लेखेका हुन् । भिडियोको छायाँकन अप्पर मुस्ताङमा गरिएको छ । पहिलो पटक स्क्रिन सेयर गरेका पल शाह र पूजा शर्मालाई दर्शकले अत्याधिक मन परेको प्रतिक्रिया दिएका छन् । असार ३० गतेदेखि प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु’ हेर्न आतुर रहेको उनीहरुको कमेन्ट छ ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पल र पूजासँगै सरोज खनाल, रुपा राणा लगायत कलाकारहरुको अभिनय छ । फिल्मलाई संजय लामाले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV