नम्रताको जिन्दगानी को ?, ‘पर्व’मा देखिन्छन् जो (भिडियो)
नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘पर्व’को नयाँ गीत ‘जिन्दगानी तिमी’ सार्वजनिक भएको छ । चलचित्रको काले दाई बोलको गीतले १ करोड भ्युअर्स पाईसकेको छ भने सिनेमाको यो नयाँ गीतबाट पनि चलचित्र टिमले सोही अपेक्षा राखेको छ । सार्वजनिक यस गीतमा चलचित्रका नायक कोशिश क्षेत्री र नायिका नम्रता श्रेष्ठको लभ केमेष्ट्री देख्न पाईन्छ ।

‘लभ स्टोरी’ फिल्म बनाउन माहिर निर्देशक दिनेश राउतले पहिलो पटक ‘सस्पेन्स थ्रिलर’ शैलीमा बनाएको यो सिनेमा पर्वको ट्रेलरले पनि निकै राम्रो चर्चा बटुल्न सफल भएको छ । सिनेमामा कोशिस र नम्रतासँगै माला लिम्बु, अमितेश शाह, केशब भट्टराई, प्रिया रिजाल, जेविका कार्की, श्रीयन्स तिमिल्सिना लगायतको पनि अभिनय रहेको छ ।
गोपीकृष्ण टिभी फिल्मीले सुवास इन्टरटेन्मेन्टसँग सहकार्य गरेर बनाएको चलचित्र ‘पर्व’ यही जेठ १२ गतेदेखि सार्वजनिक प्रर्दशनमा आँउदैछ । हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको यो सिनेमामा कविराज गहतराजको कोरियाग्राफी छ भने सिनेमालाई राजेश श्रेष्ठको खिचेका हुन् ।








