‘काले दाई’ ले पनि कमायो एक करोड भ्युअर्स

जेठ १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पर्व’ मा समावेश ‘काले दाई बोलको गीतले युट्य्वमा पनि अब १ करोड भ्यु पाएको छ । अपलोड गरिएको करिब ५ महिनामा यो गीतको भिडियोलाई युट्युवमा १ करोड भन्दा बढी पल्ट हेरिएको छ । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा मिना निरौला र निश्चल बस्नेतको स्वर छ भने शब्द फिल्मका निर्देशक दिनेश राउतले लेखेका छन् । भिडियो :
कविराज गहतराजको कोरियोग्राफी रहेको ‘काले दाई’ को भिडियोमा निश्चल र माला लिम्बुको आइटम छ । सिनेम्याटोग्राफर राजेश श्रेष्ठ हुन् । नम्रता श्रेष्ठ र कोशिस क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘पर्व’ लाई सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएका हुन् । फिल्म ‘चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । नम्रता र कोशिसको साथमा फिल्ममा माला लिम्बु र जेबिका कार्कीको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV







