आना र आशिरमानको ‘ग्याङस्टार ब्लुज’ टिजर रिलिज

हेमराज विसी निर्देशित फिल्म ‘ग्याङस्टार ब्लुज’ को टिजर सार्वजनिक भएको छ । टिजरमा विशेषतः नव नायक आशिरमान देशराज जोशीको एक्सन पक्षलाई हाइलाइट गरिएको छ । साथमा नायिका आना शर्मासँगको लभ सिक्वेन्सलाई पनि देखाइएको छ । टिजर यस्तो छ :
झण्डै डेढ मिनेट लामो टिजरमा अर्का नायक संयम पुरी र नायिका रोजिशा शाही ठकुरी पनि प्रस्तुत छन् । सरोज न्यौपानेको निर्माण रहेको फिल्म भदौ २ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको छायाँकन सकिएर सम्पादनको कार्य हुँदैछ ।
For More videos Log on to Mazzako TV







