दीपक क्षेत्रीलाई क्यान्सर, अमेरिकामा रहेका कलाकर्मीको थप सहयोग
कलाकार दीपक क्षेत्रीलाई क्यान्सर, अमेरिकामा रहेका कलाकर्मीको थप सहयोगक्षेत्रीको उपचारमा सहयोग रकम संकलन गर्दै आइरहेका अमेरिकामा रहेका नेपाली कलाकर्मीहरुले दोश्रो चरणको रकम हस्तान्तरण गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरको हातबाट कलाकार क्षेत्रीलाई शुक्रबार ४ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

अमेरिकामा बस्दै आइरहेका कलाकर्मीहरुको पहलमा कुल ९ लाख ७० हजार रुपैयाँ उठेको यस अभियानका संयोजक सुरेश दर्पण पोखरेलले जानकारी गराएका छन् । पहिलो चरणमा उनलाई ५ लाख रुपैयाँ दिइएको थियो । कलाकार दीपक क्षेत्रीलाई घाँटीमा क्यान्सर भएको पत्ता लागेको छ । संकलित सहयोग रकमले
For More videos Log on to Mazzako TV







