जेठ ७ मा नवराजलाई सम्मान, पारस र विजयलाई पुरस्कार, स्वेच्छालाई प्रोत्साहन
चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवसका अवसरमा प्रदान गर्दै आइरहेको चलचित्र पत्रकारिता सम्मान यस वर्ष रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार डा. नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरेको छ । संघको शुक्रवार बसेको कार्य समितिको बैठकले प्रत्येक वर्षझैँ यसपल्ट पनि चलचित्र पत्रकारितामा सक्रिय रहेका दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

सगरमाथा टेलिभिजनमा फिल्म सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेका पारस पौडेल र अनलाइनखबर डटकमका रंग पत्रकार विजय सुवेदी ‘आवाज’ लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । सम्मानित हुनेले पाउँदै आएको १५ हजार रुपैयाँ रहेको यो पुरस्कारको राशि यस वर्षबाट बढाएर २१ हजार रुपैयाँ पु¥याइएको छ । संघले यस वर्षबाट चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पनि दिने भएको छ । यो पुरस्कार पहिलो पोस्ट डटकमकी स्वेच्छा राउतलाई दिने निर्णय संघले गरेको छ । प्रोत्साहन पुरस्कारस्वरूप उनलाई ल्यापटप प्रदान गरिनेछ । संघको बैठकले जेठ–७ गतेको कार्यक्रम सभ्य र भव्य तरिकाले मनाउने निर्णय गरेको महासचिव अनिल यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
For More videos Log on to Mazzako TV







