‘डन बन्नका लागि दिमाग र आँट दुबै चाहिन्छ’ (लाल्टिन ट्रेलर)
जेठ २६ गते प्रदर्शन मिति तय गर्दै फिल्म ‘लाल्टिन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोमान्स, खुसि, पिडा र एक्सन दृश्य समावेश छन् । ट्रेलरबाट दयाहाङ राईलाई डनको भूमिकामा देखाईएको बुझ्न सकिन्छ । ट्रेलर हेर्नुस् :
भानु प्रतापको प्रस्तुतीमा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा दयाका साथै प्रियंका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, ए गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर, राम केशर बोगटी, जनक बर्तौला, भानु प्रताप लगाएतको अभिनय रहेको छ ।

यसअघि सार्वजनिक भएको ‘चमेली’ बोलको आइटम गीतले चर्चा पाईसकेको छ । ‘लालटिन’ मा संगीत किरण माइकल, धिरज पौडेल र किरण ढकालको छ, भने द्वन्द निर्देशन रोशन श्रेष्ठले गरेका छन् । हरिघले लामाले खिचेको फिल्मलाई अर्जुन जिसी र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
For More videos Log on to Mazzako TV







