प्रियंकाको फिल्ममा जेनिशा, रवि किसनसँग गर्दैछिन् रोमान्स
नायिका जेनिशा केसीले बलिउड अभिनेत्री प्रियंका चोपडाको कम्पनीबाट बनिरहेको भोजपुरी फिल्ममा अभिनय गर्ने मौका पाएकी छिन्, त्यो पनि भोजपुरीका सु प्रसिद्ध अभिनेता रवि किसनसँग । फिल्ममा आफु मुख्य भूमिकामा रहेको बताउँदै फिल्म सुटिङकै लागि गोवा जाने तयारी भैरहेको जेनिशाले बताइन् ।

कसरी पाइन् त जेनिशाले प्रियंकाले बनाएको फिल्ममा अभिनय गर्ने अवसर ? ‘पहिला देखि नै कुरा भैरहेको थियो’ जेनिशाले भनिन्, ‘अडिसन दिएको थिएँ, पास भएँ ।’ प्रियंका र उनकी आमा डा.मधु चोपडालाई कार्यालयमा भेटेको समेत जेनिशाले बताइन् ।

सन्तोष मिश्रको लेखन तथा निर्देशन रहेको फिल्म ‘काशी अम्मरनाथ’ मा अन्य बलिउड कलाकार समेत रहेको जेनिशाले जानकारी दिइन् । जेनिशाले बुधबार मात्रै मुम्बईमा जन्मदिन समेत मनाएकी छिन् । अब बलिउडमै संघर्ष गर्ने जेनिशाको योजना छ ।
For More videos Log on to Mazzako TV







