फिल्म ‘स्टुपिड मन’ की नायिका चाँदनी शर्माले विवाह गर्ने भएकी छिन् । मोडल तथा कलाकार प्रेमि अज्जु पोखरेलसँग नायिका शर्माले आउँदो बैशाख २५ गते बालकुमारीमा लगन गाँठो कस्ने भएकी हुन् । चाँदनी र अज्जुले आफन्त तथा साथी भाईलाई विवाहको निमन्त्रणा कार्ड समेत बाँडी सकेका छन् ।

२५ गतेको विवाह पछि बैशाख २८ गते साँझ भने कमलपोखरीस्थित सिटी सेन्टरको फुड कोडमा प्रिती भोज राखिएको छ । कलिउड स्टाइलको प्रिती भोजमा आफन्त तथा फिल्मकर्मीको उपस्थिति रहनेछ । तीन वर्ष पहिले पारिवारीक सहमतीमा चाँदनी र अज्जुबिच बिवाह गर्ने पक्का भएको थियो । चाँदनीले भर्खरै फिल्म ‘लम्फू’ मा अभिनय गरेकी छिन् ।

For More videos Log on to Mazzako TV