चलचित्र पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द रहेको ‘मलाई जस्तो छटपटी उनलाई हुन्छ हुन्न होला’ बोलको गीति भिडियो रिलिज भएको छ । निकिता थापाको स्वरमा समावेश गीतमा दीपक शर्माको संगीत छ । पत्रकार सुव्रत आचार्यको निर्देशन रहेको भिडियोमा खुश्वु खड्का र राजविक्रम थापाले मोडलिङ गरेका छन्  । भिडियो हेर्नुस् :

टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोलाई सुदिप बरालले छायांकन गरेका हुन् । प्रेम पीडामा रहेका गुज्रेका प्रेम जाडीको भावलाई गीत मार्फत व्यक्त गरिएको गीतकार शान्तिप्रिय बताउँछन् ।

For More videos Log on to Mazzako TV