पहिलो पटक फिल्म ‘म यस्तो गीत गाउँछु’ मा स्क्रिन सेयर गरेका पल शाह र प्रजा शर्माको जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् । आइतबार साँझ सार्वजनिक गरिएको ‘भन्छु आज मनका कुरा’ बोलको गीति भिडियोमा पल र पूजाको जोडीलाई ‘पर्फेक्ट’ भन्ने प्रतिक्रिया मिलेको छ । नेपाल युट्युव चार नम्वर ट्रेन्डिङमा पर्न सफल गीतको भिडियो हेर्नुस् : 

अर्जुन पोखरेलेको संगीत, निर्देशक सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतलाई पनि दर्शकले रुचाएका छन् । अप्पर मुस्ताङ पुगेर कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियो निकै सुन्दर बनेको दर्शक प्रतिक्रिया छ । गीत तथा फिल्मलाई संजय लामाले खिचेका हुन् । रिलिज भएको दुई दिनमा साढे तीन लाख बढीले हेरेका छन् । फिल्म असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV