नायिका श्वेता खड्का सोमबार बौद्धस्थित ‘पाइटेन’ कम्पनीको उद्घाट गर्न पुगेकी थिइन् । श्वेता, जापानी राजदुत, नेपाल ‘फाइटेन’ कम्पनीका सञ्चालक ग्याल्सेङ लामाले संयुक्त रुपमा उक्त शोरुमको उद्घाटन रिवन काटेर गरेका थिए ।

शोरुमको उद्घाट गरेपछि श्वेताले आफु पिडामा रहंदा ‘पाइटेन’ कम्पनीका उत्पादनले पिडा कम गर्न सहयोग गरेका बताइन् । उनले भनिन्, ‘जुन बेला म वेडबाट उड्न नसक्ने अवस्थामा थिएँ, त्यो बेला मलाई पाइटेनले सहयोग गर्यो । यहाँको प्रोडक्न सबैलाई प्रयोग गर्न आग्रह गर्दछु ।’ श्वेताले त्यहाँ आफु अभिनित पहिलो फिल्म ‘कहाँ भेटिएला’ को शिर्ष गीत समेत गाएर सुनाइन् । ‘पाइटेन’ शोरुममा ‘ब्रासलेट, नेकलेस’ लगायतका विभिन्न प्रोडक्ट पाइनेछ ।

For More videos Log on to Mazzako TV