यो रेडियो नेपाल हो…अब ‘पंचायत’ को टिजर हेर्नुस्
दशक पुरानो कथा वस्तुमा आधारित फिल्म ‘पंचायत’ को टिजर सार्वजनिक भएको छ । शिवम अधिकारीको निर्देशन रहेको फिल्मको टिजरमा अभिनेता सरोज खनाल र नायिका नीता ढुंगाना प्रस्तुत छन् । टिजर हेर्नुस् :
फिल्म ‘पंञ्चायत’ को यहि जेठ १८ गते चितवन र जुनमा अमेरिका रेड कार्पेट हुने निर्माता रवि अधिकारीले जानकारी दिए । यी सँगै विभिन्न देशमा प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी गराईने उनले बताएका छन् । फिल्ममा सरोज र नीतासँगै रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।









