नयाँ बर्ष बैशाख १ पछि कुनै पनि नेपाली फिल्महरु प्रदर्शनमा आएका छैनन् । ‘बाहुबली २’ का कारण बलीको बोका हुनु पर्ने डरले कुनै पनि नेपाली फिल्मका निर्माता तथा निर्देशकले बेशाख भरी आफ्नो फिल्मको प्रदर्शन मिति नतोकेका हुन् ।

तर, फिल्म ‘ब्ल्याक डायरी’ नामक फिल्मले भने चुनौती मोलेको छ । आउँदो शुक्रबार भुवन केसी अभिनित फिल्म यो फिल्मले आफ्नो प्रदर्शन मिति तोकेको छ । ‘बाहुबली २’ को सर्वत्र चर्चा भैरहंदा कस्तो गर्ला त भुवनको ‘ब्ल्याक डायरी’ ले कमाई ? जबकी प्रचार प्रसार शून्य छ । ‘ब्ल्याक डायरी’ ट्रेलर :

‘बाहुबली २’ का कारण बैशाख सुख्खा भएपनि पनि जेठमा भने हप्तैपिच्छे फिल्महरु छन् । जेठ ५ गते ‘डायरी’, १२ गते ‘पर्व’, जेठ १९ मा ‘रातो घर’, ‘जालो’ र ‘देश खोज्दै जाँदा’ अनि जेठ २६ मा ‘लाल्टीन’ प्रदर्शनमा आउँदैछन् ।

For More videos Log on to Mazzako TV