डल्लीलाई छैन ‘डायरी’ को डर, के को छ त भर ?
फिल्म ‘नोभेम्वर रेन’ पछि अभिनेत्री छुल्ठिम गुरुङ फिल्म ‘डायरी’ मार्फत दर्शकमाझ फर्किएकी छिन् । जेठ ५ गतेबाट फिल्म अल नेपाल प्रदर्शनमा आउँदैछ । पहिलो फिल्मबाट दर्शकको मन जितेकी डल्लीले दोश्रो फिल्मबाट पनि मन जित्लिन् त ? निर्मात्री भएकाले फिल्मले गर्ने व्यापारलाई लिएर मनमा डर कत्तिको छ ?

‘डर भन्ने त एक रत्ति पनि छैन्’, डल्ली भन्छिन्, ‘फिल्म राम्रो बनेको छ । ट्रेलरलाई दर्शकले रुचाउनु भएको छ । बरु मनमा उत्साह र विश्वास चाहिं छ ।’ रिभेञ्ज लभ स्टोरी फिल्ममा छुल्ठिम लभर गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् । ‘अलिक फिल्मी खालको लभर गर्ल के ! सपनाको कुरा गर्ने । डायलग पनि फिल्मी स्टाइलमा बोल्ने’ उनले आफ्नो भूमिका बारे भनिन् ‘तर ऊ एउटा भिजे हो ।’ ट्रेलर :
रेखा थापा भिलेनको भूमिकामा प्रस्तुत भएको ‘डायरी’ मा छुल्ठिमको अपोजिटमा नव नायक सन्नी सिंह प्रस्तुत भएका छन् । अनिल योञ्जनको निर्देशन रहेको फिल्मको कथा तथा लेखा छेतेन गुरुङको हो ।
For More videos Log on to Mazzako TV







