पल शाह र पूजा शर्माको मुख्य जोडी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को सम्पूर्ण छायाँकन सकिएको छ । काठमाण्डौंबाट सुरु भएको फिल्मको छायाँकन अप्पर मुस्ताङमा पुगेर सकिएको हो । तोकिएको तालिका ४५ दिनमा सुटिङ सकिएको निर्देशक तथा निर्माता सुदर्शन थापाले जानकारी दिए ।

‘मौसमले गर्दा केही दिन रोकिनु पर्यो तर पनि तोकिएकै समयमा सुटिङ सकिएको छ । सम्पादन कार्य सुरु भैसकेको छ । केही दिनमै हामी फिल्मको एउटा गीत सार्वजनिक गर्नेछौं ।’ निर्देशक तथा निर्माता थापाले भने । अप्पर मुस्ताङमा पहिलो पटक खिचिएको उक्त गीतको भिडियो निकै नै राम्रो बनेको बताउँदै दर्शक तथा श्रोताले गीत र भिडियोलाई मन पराउने सुदर्शनले विश्वस व्यक्त गरे । सुटिङ रिपोर्ट :

संजय लामाको छायाँकन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा अर्जुन पोखरेलले संगीत दिएका छन् । ‘प्रेम गीत’ पछि अर्जुनसँग सुदर्शनको यो दोश्रो सहकार्य हो । असार ३० गते दर्शकमाझ ल्याउने गरी फिल्मको सम्पादन कार्य भैरहेको सुदर्शनले बताए ।

For More videos Log on to Mazzako TV