गएको साता अभिनेत्री करिश्माले सामाजिक सञ्जाल फेसबुकमा समकालिन अभिनेता राजेश हमाललाई खुला चुनौती दिइन् । ‘काठमाण्डौंबाट मेयरको लागि स्वतन्त्र चुनाव लड्न’ राजेशलाई करिश्माले दिएको उत्त चुनौतीको चर्चा राम्रो भयो । आखिर करिश्माले राजेशलाई किन दिएकी रैछिन् त खुला चुनौती ? करिश्मासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

भारतमा राष्ट्रपतिलाई भएको सम्मान र त्यसपछि आएको आलोचनापछि महानायक राजेश हमालले लेखेको फेसबुक स्टाटसलाई मध्यनजर गर्दै करिश्माले उक्त स्टाटस लेखेकी थिइन् । नयाँ शक्ति नेपालकी सदस्य समेत रहेकी करिश्माले आफ्नै निर्देशनमा फिल्म बनाउने योजना समेत रहेको खुलाइन् । यदि देश प्रेम छ भने मैदानमा आएर लड्न आफुले राजेश हमाललाई उक्त सुझाव दिएको करिश्माको बुझाइ छ ।

For More videos Log on to Mazzako TV