दिपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा २’ को छायाँकन सुरु भएको छ । भत्तपुरको सुर्यविनायक मन्दिरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट शुभ मुर्हत गर्दै यो फिल्मको छायाँकन बिहिबारदेखि सुरु भएको हो । ४० दिन सुटिङ तालिका छुट्याइएको फिल्मको छायाँकन राजधानी वरपर र चित्लाङमा हुने फिल्मका कार्यकारी निर्माता विकास राज आचार्यले जानकारी दिए ।

छायाँकनको पहिलो दिन नायक स्वरुपपुरुष ढकाल र नायिका स्वस्तिमा खड्काले टेक सुरु गरेका छन् । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा राउत, निश्चल बस्नेत, किरण केसी, स्वरुप, स्वस्तिमा लगायत कलाकारहरुको अभिनय रहनेछ ।

विकासराज र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्ममा दिपकराजको पटकथा रहेको छ भने संवाद दिपकराज, केदार, जितु र अभिमन्यु निरवीले संयुक्त रुपमा तयार गरेका छन । दिपक, दिपा र विकास सहित फिल्ममा माग्ने बुढा, जितु, निशान बजगाँइ र सुमन भान्जाले लगानीमा सहकार्य गरेका छन् ।

किरण कंडेलको संगीत रहने ‘छक्का पञ्जा २’ लाई दिर्घ गुरुङले खिच्दैछन् भने द्धन्द्ध रोशन श्रेष्ठको रहनेछ ।असोज ११ गते प्रदर्शन मिति तोकिएको ‘छक्का पञ्जा २’ को टिजर भने बहुप्रतिक्षित बलिउड फिल्म ‘बाहुबली २’ सँग शुक्रबारबाटै हलमा रिलिज हुनेछ । गत साल प्रदर्शनमा आएको ‘छक्का पञ्जा’ ले १७ करोडको ग्रस कलेक्सन गरेको थियो ।

For More videos Log on to Mazzako TV