‘हिटलर’ लाई समस्या, निर्देशक भन्छन्, ‘कनेक्सन छ’
फिल्म ‘हिटलर’ जेठ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा नायक सोहित मानन्धर शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । नव नायक र सामिया बर्तौला सोहितको अपोजिटमा छिन् । फिल्म नाम ‘नेगेटिभ’ सुनिन्छ । तर निर्देशक सौरभ ढकाल फिल्मको नाम र कथासँग कनेक्सन रहेको बताउँछन् ।

निर्देशक सौरभ ढकाल भन्छन्, ‘फिल्मको शिर्षक किन ‘हिटलर’ राखियो भन्ने बारेमा दर्शकले हलमै गएर हेरेपछि थाहा पाउनुहुनेछ । तर, फिल्मको नामको कनेक्शन कथामा छ ।’ फिल्मको नाम ‘हिटलर’ राख्दा यसको निर्माण पक्षले फेसबुक र युटुबबाट भने समस्या भोगिरहेको छ । अंग्रेजीमा ‘हिटलर’ नाम राखेर फेसबुकमा लाइक पेज बनाउन यसको निर्माणपक्षले सकेन । निर्देशक ढकालका अनुसार फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन दिएन । युट्युवमा पनि समस्या आइरहेको छ उनले बताए । ‘युट्युवले भिडियो त हटाएको छैन तर, गीतको भ्यू कहिले घट्ने, कहिले काउन्ट नै नहुने भैरहेको छ । हामीले युटुबमा कप्लेन गरेपछि प्राविधिक गढबढी भएको सन्देश आयो । तर, अहिले युटुबले प्रचारमा समस्या दिने अवस्था देखिएको छ ।’ गीत हेर्नुस् :
जर्मनका पूर्व शासक ‘हिटलर’ को नामसँग चलचित्रको नाम मिलेका कारण फेसबुक र युट्युवले समस्या दिएको हुनसक्ने यसको निर्माण पक्षको वुझाई छ ।
For More videos Log on to Mazzako TV







