अहिलेका चर्चित निर्देशक बिकाश सुबेदीको निर्देशनमा तयार भएको ‘छुकछुके रेल’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । एस आर एस इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको गीतमा गायिका रमिला ज्ञानग्मी थापाको आवाज, धनु ज्ञानग्मीको संगीत तथा डीपी खनालको शब्द रहेको छ । भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्सका प्रतियोगी सुनिल क्षेत्री तथा उनको ‘नेपाली ठीटोज टिम’को उत्कृष्ट नृत्य देख्न सकिन्छ ।

सुनिलसँगै अहिलेकी चर्चीत तथा हट मोडेल माला लिम्बुको नृत्य तथा अभिनय रहेको छ । बलिउडमा समेत आफ्नो प्रतिभा देखाई सकेका सुनिल आफ्नै देशमा पनि प्रतिभा देखाउने सोचमा छन् । भिडियो हेर्नुहोस् :

For More videos Log on to Mazzako TV