‘डायरी’ को दुई पोस्टरमा किन अटाइनन् रेखा ?
फिल्म ‘डायरी’ को अफिसियल पोस्टर रिलिज गरिएको छ । जेठ ५ गतदेखि प्रदर्शनमा आउने यो रिभेञ्ज लभ स्टोरी फिल्मको दुई वटा सार्वजनिक अफिसियल पोस्टरमा नायिका छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंह मात्रै प्रस्तुत छन्, रेखा थापा छैनन् । किन त ?

‘हामी रेखाको सोलो पोस्टर पनि रिलिज गर्छौ’ निर्मात्री समेत रहेकी छुल्ठिमले भनिन्, ‘अहिलेलाई चाहिं दुई जनाको मात्रै रिलिज गरेका हौं । त्यस्तो कुनै समस्या भएर होइन् ।’ उसो त ‘डायरी’ मा रेखा पहिलो पटक भिलेन अवतारमा प्रस्तुत भएकी छिन् जुन अवतारलाई निकै रुचाइएको पनि छ । अनिल योञ्जनको निर्देशन रहेको फिल्ममा छेतेन गुरुङको कथा लेखन रहेको छ भने पटकथा दुवै मिलेर लेखेका छन् ।

शिवराम श्रेष्ठको छायाँकन, राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको ‘डायरी’ मा कमल मानन्धरको कस्ट्युम रहेको छ । फिल्मको पोस्टर सान थापा र विजय बस्याल (टौवा क्रियशन) ले तयार गरेका हुन् । ‘डायरी’ को ट्रेलरले सबैको ध्यान तानिरहेको छ । ट्रेलर :








