दोश्रो सातामा तीन फिल्मलाई कति हल ?
नयाँ नेपाली बर्षको अवसरमा प्रदर्शनमा आएको तीन फिल्महरु ‘राधे’, ‘घामपानी’ र ‘लभ लभ लभ’ ले प्रदर्शनको दोश्रो साता तय गरेका छन् । ‘राधे’ एकल पर्दामा र ‘घामपानी’ अनि ‘लभ लभ लभ’ मल्टिप्लेक्समा चलिरहेका छन् । यो शुक्रबार कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएका कारण पहिलो साताका फिल्महरुको हल संख्यामा खासै खिरावट आएको छैन । हलिउड फिल्मका कारण मल्टिप्लेक्समा ‘घामपानी’ लाई केही र ‘लभ लभ लभ’ भने धक्का पुगेको छ ।

दोश्रो सातामा सबैभन्दा धेरै शो संख्या दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ ले पाएको छ । क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै दीपेन्द्र लामा निर्देशित फिल्मले ७ शो पाएको छ । दिपेन्द्र खनाल निर्देशित फिल्मले भने जम्मा एक शो मात्रै पाएको छ । मोफसलमा भने ‘लभ लभ लभ’ ले २० बढी हल पाएको छ । सर्मिला पाण्डे निर्मिति फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य भूमिका छ ।

जगदिश्वर थापा निर्देशित फिल्म ‘राधे’ ले प्रदर्शनको पहिलो दिन उच्च कलेक्सन गर्न सफल भएको भयो । फिल्ममा निखिलसँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई सुशिल पोखरेलले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV







