समय सिक्वेलको छ । यो बर्ष मात्रै दुई वटा सिक्वेल ‘ए मेरो हजुर २’ र ‘प्रेम गीत २’ प्रदर्शनमा आउँदैछन् । विकास आचार्यले त ‘नाईं नभन्नू ल ५’ सम्म निर्माण गर्ने घोषणा गरिसकेका छन् । अब फिल्म ‘मुखौटा’ को पनि सिक्वेल बन्ने भएको छ ।

अभिनेता अर्पण थापाकै निर्देशनमा ‘मुखौटा २’ बन्ने बुझिएको छ । सुन्नामा आए अनुसार अर्पण यतिबेला स्क्रिप्टमा बसि रहेका छन् । नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘आधा लभ’ रिलिज पछि अर्पण ‘मुखौटा २’ को निर्देशनमा उत्रिने बताइएको छ । यद्पी मल्टी स्टारर फिल्म ‘मुखौटा’ व्यापारिक रुपमा सफल फिल्म भने होइन । उसो त निर्माता रविन श्रेष्ठले फिल्म रिलिजकै बेला ‘मुखौटा’ को सिक्वेल बनाउने भनेर घोषणा गरेका थिए ।

For More videos Log on to Mazzako TV