राम बाबु गुरुङले निर्देशन गर्ने फिल्म ‘मिस्टर झोले’ को शुभ मुर्हत गरिएको छ । बिहिबार बिहान नक्सालस्थित भाटभटेनी मन्दिरमा फिल्मको सम्पूर्ण टिम उपस्थित भएर यो मल्टिस्टारर फिल्मको शुभ मुर्हत गरिएको हो । फिल्मको छायाँकन यही बैशाख ११ गतेदेखि कास्की जिल्लामा सुरु हुनेछ ।

फिल्म ‘मिस्टर झोले’ मा अभिनेता दयाहाङ राई दोहोरिएका छन् भने नायिका बर्षा राउत, दिया पुन, कलाकारहरु प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा र सरोज अर्याल थपिएका छन् । ‘झोले’ की नायिका प्रियंका कार्की र कलाकार ए.गुरुङ भने ‘मिस्टर झोले’ मा दोहोरिएका छैनन् । फिल्मको विषय, स्थान, पात्र, कथा, संरचना भिन्न रहेकाले ‘मिस्टर झोले’ ‘झोले’ को सिक्वेलको रुपमा नरहेको फिल्म निर्माण कम्पनी टेकेन खड्का र सिनमा आर्टस्ले जनाएको छ ।

टेकेन खड्काको निर्माण र रौनक विक्रम कंडेल कार्यकारी निर्माण रहेको फिल्ममा शैलेन्द्र डि.कार्कीको सिनेम्याटोग्राफी रहनेछ । फिल्मलाई ०७४ साल सम्भवतः मंसिर महिनामा दर्शकमाझ ल्याउने निर्देशक गुरुङले बताएका छन् ।

For More videos Log on to Mazzako TV