यतिबेला फिल्मी बजारमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बिचको प्रेमको चर्चा छ । कान्छा उमेरका आयुष्मानसँग प्रियंकाको प्रेम बारे धेरैले धेरै खाले टिप्पणी गरिरहेका छन् । यस्तैमा अभिनेता दयाहाङ राईले पनि प्रियंका र आयुष्मानको प्रेम बारे आफ्नो प्रतिक्रिया मज्जाको टिभीलाई दिएका छन् । दयाहाङ के भन्छन् त ? भिडियो हेर्नुस् :

प्रियंकासँग थुप्रै फिल्महरुमा स्क्रिन सेयर गरेका दयाहाङ भन्छन्, ‘उनीहरुको जोडी मलाई पर्फेक्ट लागेको छ । यो जोडी भविष्यसम्म रह्यो भने म धेरै नै खुसी हुने थिएँ ।’ प्रियंका आफ्नो हितैषी रहेको बताउँदै आयुष्मानसँग भेट कम हुने गरेको दयाहाङले बताए । फिल्म ‘नेप्टे’ को प्रेसमिटमा दयाहाङ र नायिका छुल्ठिम गुरुङसँग मज्जाको गफगाफ गरिएको थियो ।

For More videos Log on to Mazzako TV