दिपेन्द्रलाई लिएर सर्मिलाले पाँच करोड लगानी गर्ने
प्रदर्शनरत फिल्म ‘लभ लभ लभ’ निर्मात्री सर्मिला पाण्डेले दोश्रो फिल्म निर्माणको घोषणा गरेकी छिन् । महंगो लगानी ५ करोडसम्म खर्च गर्ने भनिएको फिल्मलाई दिपेन्द्र के.खनालले नै निर्देशन गर्नेछन् । कलाकार तथा प्राविधिक भने केही दिनमा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिनेछ । निर्देशक खनालले बजेट कथाको माग रहेको बताएका छन् ।

सुरज सिने आर्टसले निर्माण गर्ने नयाँ फिल्ममा सुरज अर्थात ‘लभ लभ लभ’ का हिरो भने खेल्ने छैनन् । उनी निर्माताको रुपमा मात्रै संलग्न हुनेछन् । किन त ? आमा पाण्डेले भनेकी छिन्, ‘उसले अझै अभिनयको थप क्लास लिनेछ । अर्को फिल्ममा चाहिं ऊ खेल्नेछ । अब बन्ने फिल्ममा सुरज निर्माताको रुपमा मात्रै रहनेछ ।’ फिल्म ‘लभ लभ लभ’ मा सुरजको भूमिका र अभिनयलाई दर्शकले मन पराएका छन् । सुरजको अपोजिटमा प्रस्तुत भएकी नायिका स्वस्तिमा खड्काको कामलाई पनि दर्शकले स्यावासी दिएका छन् ।
For More videos Log on to Mazzako TV







