अभिनेत्री तथा नयाँ शक्तिकी सदस्य करिश्मा मानन्धरले महानायक राजेश हमाललाई काठमाण्डौंबाट स्वतन्त्र मेयरको चुनाव लड्न चुनौती दिएकी छिन् । सोमबार राती आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै महानायकलाई करिश्माले यस प्रकारको चुनौती दिएकी हुन् ।

करिश्मा लेख्छिन्, ‘राजेश हमाललाई सुझाव, यदि हजुरलाई नेपाली समाज र देशका चिन्ता छ भने काठमाण्डौंबाट मेयरको लागि स्वतन्त्र चुनाव लड्नुस् मेरो भोट तपाईंलाई हुनेछ ।’ करिश्माले यस प्रकारको स्टाटस लेख्नु केही समय अघि मात्रै राजेशले राष्ट्रपतिलाई भारतमा अपमान भएको बारे आफ्नो फेसबुकमा टिप्पणी लेखेका थिए । करिश्माले मेयर लड्नु भनी राजेशलाई दिएको चुनौतीलाई धेरैले  भारत विरुद्ध उनले लेखेको टिप्पणीको जवाफ भनेर विश्लेषण गरेका छन् ।

For More videos Log on to Mazzako TV