यस्तो बन्यो कालो काम गर्नेको ‘रातो घर’ ट्रेलर
सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘रातो घर’ को ट्रेलर रिलिज गरिएको छ । सोमबार प्रेसमिट गर्दै यो कालो काम गर्नेको कथा भन्ने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यही जेठ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रातो घर’ को झण्डै दुई मिनेट लामो ट्रेलर यस्तो बनेको छ :
माङ हेम फिल्मस् र तक्मे बुढा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘रातो घर’ मा विल्सन विक्रम राई, मेनुका प्रधान, संयम पुरी, गौरव पहारी, अनुराजमान सिंह कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, जितेन तामाङ, भानु प्रताप लगायतको अभिनय रहेको छ । निकेश लिम्बु प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज र विल्सनको संयुक्त लगानी छ । प्रेसमिटमा कलाकार सुनिल थापाले ‘रातो घर’ निकै राम्रो फिल्म बनेको दाबी गरे । फिल्म हेरिसकेको खुलाउँदै उनले विशेष गरी कलाकारद्वाय विल्सन र अनुरागको काम राम्रो रहेको बताए । तस्बिरहरु : उद्धव रसाईली




For More videos Log on to Mazzako TV








