गायक सुवास चाम्लिङको ‘तिम्रो माया हाई भोल्टेज’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । चर्चित संगीतकार बसन्त सापकोटाको संगीतमा तयार भएको उक्त गीतको शब्द भने प्रज्वल अधिकारीको रहेको छ । गीतको म्युजिक एरेन्ज किरण तुलाधरले गरेका हुन् । ‘तिम्रो माया हाई भोल्टेज’ गीतको म्युजिक भिडियो पोखरामा छायाङ्कन गरिएको हो । भिडियो हेनुहोस् :

पोखराका मनोरम दृश्य समेत समेटेको उक्त भिडियोमा पोखराकै मोडलहरू मिलन र सृजनाले अभिनय गरेका छन् । दिलिप समनले निर्देशन गरेको भिडियो उत्कृष्ट बनेको छ । ‘हाई भोल्टेज’ले युवा र अहिलेको प्रेमी पुस्तालाई समेटेको गायक चाम्लिङ्ले बताएका छन् ।

For More videos Log on to Mazzako TV