नायिका रेखा थापा काठमाडौंको उपमेयरमा उठ्ने भएकी छिन् । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा राप्रपाले रेखालाई उपमेयरमा उठाउने निर्णय गरेको हो ।

राप्रपा काठमाण्डौं अध्यक्ष नवराज शिखडाका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उमेदवार बनेका छन् भने चर्चित नायिका रेखा थापा महानगरपालिकाको उपमेयरमा उमेदवार बन्ने भएकी छन् । सम्पन्न पार्टी महाधिवेशनमा रेखा बहुमतले केन्दिय सदस्यमा निर्वाचित भएकी थिइन् । होम प्रोडक्सनको फिल्म ‘रुद्रप्रिया’ को प्रि प्रोडक्सनमा रहेकी रेखा अभिनित फिल्म ‘डायरी’ आउँदो जेठ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV