वान सट ओके फिल्म ‘जालो’ को टीजर रिलिज भएको छ । अराज केसव गिरी निर्देशित यो फिल्मको दुई घण्टामा सम्पूर्ण छायांकन सकिएको थियो । टिजर हेर्नुस् :

फिल्म ‘जालो’ मा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुत्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहेको छ । हरी लामाको छायांकन रहने फिल्मलाई बनिश शाहले सम्पादन गरेका छन् । चलचित्रलाई अराज केशव र मोहित मुनालले संयुक्त निर्माण गरेका छन् । गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन फिल्म रिलिज गर्नैपर्ने प्रावधान छ ।

For More videos Log on to Mazzako TV