प्रदर्शनरत फिल्म ‘लभ लभ लभ’ अष्ट्रेलियामा हुन गईरहेको एक भारतिय फिल्म फेष्टिभलमा छनोट भएको छ । सिड्नीमा मे महिनाको ७ देखि १३ तारिखसम्म हुन लागेको ‘भारतीय चलचित्र महोत्सव तथा अवार्डस् अफ अस्ट्रेलिया’ मा ‘लभ लभ लभ’ र अपिल बिष्ट निर्देशित ‘झुम्की’ प्रदर्शनको लागी छनोट भएका हुन् ।

उल्लेखित दुई नेपाली फिल्मसँगै कलाकारद्वय सुनील थापा र वर्षा शिवाकोटीले महोत्सवमा सहभागिता जनाउने छन् । फ्रेन्ड्स इन्डिया इन्टरटेनमेन्टले पहिलो पटक आयोजना गरेको महोत्सवमा भारतका चर्चित कलाकार धमेन्द्र, जीतेन्द्र, शक्ति कपुर, जिम्मी शेरगिल, इलायना डिक्रुज, एकता कपुर, राकेश रोशन, जावेद अख्तर, सोनु निगम लगायत सहभागी हुने बताईएको छ । कार्यक्रममा नेपाली फिल्म तथा कलाकारहरुको संयोजन निर्देशक मनोज अधिकारीले गरेका छन् ।

For More videos Log on to Mazzako TV