नायक सविन श्रेष्ठले निर्माण गरेको फिल्म ‘हिरो रिटन्र्स’ को टिजर रिलिज गरिएको छ । नयाँ बर्ष ०७४ को अवसर पारेर सार्वजनिक फिल्मको टिजरमा सविन सहित नायिका रेखा थापा, अर्का नायक दिल श्रेष्ठ र अभिनेता सरोज खनाल प्रस्तुत छन् । टिजर एक्सन प्रधान छ । टिजर हेर्नुस् :

आशिष भेटवालको निर्देशन रहेको फिल्म ‘हिरो रिटन्र्स’ मा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी छ भने अमित श्रेष्ठ यसका कार्यकारी निर्माता हुन् । मदनकाश्यप घिमिरेको छायांकन, मित्र गुरुङको सम्पादन, शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद र चन्द्र पन्तको एक्सन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा टंक वुढाथोकीले संगीत दिएका छन् । फिल्मलाई यही बर्ष भित्र प्रदर्शनमा ल्याउने नायक तथा निर्माता सविन श्रेष्ठले बताएका छन् ।

For More videos Log on to Mazzako TV