नयाँ बर्ष २०७४ को शुरुवाद संगै आजबाट ३ फिल्म रिलिज भएका छन् । आजबाट अल नेपाल ‘राधे, ‘लभ लभ लभ’ र ‘घामपानी’  रिलिज भएका हुन् । एक्सन स्टार निखिल उप्रेती र नायिका प्रियंका कार्कीको मुख्य अभिनय रहेको फिल्म ‘राधे’ले वेपत्ता  नागरिकको कथालाई उठान गरेको छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको यस फिल्मलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् । निर्माता पोखरेलले बिहानैबाट दर्शकको उपस्थिती राम्रो रहेको जानकारी दिएका छन् ।

त्यस्तै आजैबाट, संचारकर्मी दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘घामपानी’ समेत प्रदर्शनमा आएको छ । ‘घामपानी’मा केकी अधिकारी र दयाहाङ राईको मुख्य भूमिका छ । तामाङ समुदायको केटा र बाहुन समुदायकी केटी विचको प्रेमकथालाई यो फिल्मले पस्केको छ ।

यसैगरि आजैबाट दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘लभ लभ लभ’ पनि एक साथ रिलिज भएको छ । शर्मिला पाण्डेको निर्माणमा तयार भएको फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य भूमिका रहेको छ । फिल्मको विशेष शोमा एकदम राम्रो प्रतिक्रिया आएको छ । ‘लभ लभ लभ’ को विशेष शोको प्रतिक्रिया हेर्नुहोस् :

For More videos Log on to Mazzako TV