यही शुक्रबार, बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ लभ लभ’ को बुधबार साँझ प्रेस शो गरिएको छ । दरबारमार्गस्थित क्युज सिनेमा हलमा गरिएको फिल्मको शोमा उपस्थित अधिकांशले फिल्म अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेर निस्किएका अधिकांशले भनेका छन्, ‘सरल कथामा मन छुने उत्कृष्ठ फिल्म लभ लभ लभ’ ।

नायिका स्वतिस्मा खड्का र नव कलाकार सुरज पाण्डेको लभ स्टोरी हेरेपछि प्रेस शोमा धेरै जना आँसु पुछ्दै बाहिरिएका थिए । सञ्चारकर्मीले निर्देशक खनाल, स्वस्तिमा र सुरजलाई मन छुने फिल्म बनाएको बधाई तथा सफलताको शुभकामना दिए । ‘पशुपती प्रसाद’ रुचाउने दर्शकलाई पक्कै पनि ‘लभ लभ लभ’ मन पराउने उनीहरुले अड्कल काटे ।

सर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा स्वस्तिमा र सुरज सहित रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, लक्ष्मी भूषाल, ए गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । निरज कंडेलको सिनेम्याटोग्राफी, सूर्य थोकरको द्धन्द्ध निर्देशन र सुरेश राईको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ । तस्बिरहरु : उद्धव रसाईली 

 

For More videos Log on to Mazzako TV