फिल्म ‘छक्का पञ्जा २’ मा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का दम्पत्ती पक्का भएका छन् । निश्चल र स्वस्तिमासँगै फिल्ममा ‘सुस्केरा’ का नायक स्वरुप पुरुष ढकाल र ‘म त तिम्रै हुँ’ की नायिका ज्योत्सना योगी पक्का भएका छन् । यो बर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ ले १७ करोडको कमाइ गर्दै ऐतिहासिक व्यापार गर्न सफल भएको थियो ।

दीपाश्री निरौलाकै निर्देशन रहने ‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, केदार घिमिरे ‘माग्नेबूढा’, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत दोहोरिनेछन् । मंगलबार मात्रै एक करोडमा हाइलाइट्स नेपालसँग ग्लोबल राइटस् बिक्री भएको फिल्मको बैशाखको दोश्रो सातादेखि छायाँकन सुरु हुनेछ । विकास आचार्य र सामीप्यराज तिमिल्सेनाको कथामा बन्न लागेको ‘छक्का पञ्जा २’ मा विदेश मोह पाल्ने अहिलेको युवा पुस्तामा केन्द्रित रहेको निर्माता तथा कलाकार दीपकराजले बताएका छन् । फिल्मको प्रदर्शन मिति आउँदो बर्षको असोज ११ गतेलाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV