जेठ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिटलर’ को ‘खुशीहरु बढ्दै जान्छ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । रारा तालमा खिचिएको गीतको भिडियो आकर्षक देखिन्छ । भिडियोमा फिल्मका मुख्य पात्र नयाक सोहित मानन्धर र नव नायिका समिया बर्तौलालाई फिचरिङ गरिएको छ । गीतको भिडियो हेर्नुस् :

सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको संगीत छ । ‘हिटलर’ मा सोहित, समियाका संगै मेनुका प्रधान, ए गुरुङ, दिवस धिताल लगायतकाको अभिनय छ । फिल्ममा पटकथा तथा निर्देशन सौरभ ढकालको हो । किचमान चित्रकारको कथा रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी रहेको छ ।

फिल्मको निर्माता चिनिमाया मानन्धर हुन् भने कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन् । ‘

For More videos Log on to Mazzako TV