सम्झौता गरे बमोजिम लगानी नगरेको भन्दै निर्माता माधव वाग्लेलाई फिल्म ‘लालपुर्जा’ बाट हटाइएको घोषणा गरिएको छ । बिहिबार प्रेसमिट गर्दै निर्माता टेकेन खड्का र विक्रम सिंहले फिल्मको निर्माताको हैसियताबाट माधव वाग्वलेलाई हटाइएको जानकारी गराएका हुन् ।

६० प्रतिशतका साझेदार निर्माता वाग्लले फिल्मको छायाँकन सक्दासम्म ३ लाख ५० हजार मात्र खर्च गरेको दाबी गर्दै निर्माता वाग्लेका कारण फिल्म निर्माणमा कठिनाई भैरहेको र त्यसकारण फिल्मको निर्माताको हैसियतबाट हटाइएको उनीहरुले बताए । निर्देशक निमग श्रेष्ठले पनि निर्माता वाग्लले बैमान गरेको दाबी गरे । निगम निर्माता वाग्लले निर्माण गरेको फिल्म ‘छड्के’ बाट डेव्यु भएका निर्देशक हुन् । यता निर्माता वाग्लले शनिबार राती फेसबुकमा स्टाटस लेख्दै आफुमाथि लागेको भ्रामक आरोपलाई विश्वास नगर्न अपिल गरेका छन् । उनको स्टाटस यस्तो छ :

अपील

पत्रकार साथीहरु, शुभचिन्तक र फिल्मकर्मी साथीहरु
म निर्माता माधव वाग्ले हाल अमेरिकामा भएको बेला पारेर मेरो ब्यानर प्रिन्सेज मुभिज सहितको निर्माणमा हाल सम्पादन चरणमा रहेको फिल्म ‘लालपुर्जा’ को बारेमा शुक्रबार गरिएको भ्रामक पत्रकार सम्मेलनप्रति मेरो ध्यानाकर्षण भएको छ ।
उक्त पत्रकार सम्मेलनमा निर्माण सेयर होल्डर टेकेन खड्का, निर्देशक निगम श्रेष्ठले मलाई आर्थिक हिनामिनाको आरोप लगाई लालपुर्जाबाट निकालिएको भन्ने भनाईप्रति खेद व्यक्त गर्दै पत्रकार मित्रहरुलाई सत्य तथ्य बुझी समाचार सम्प्रेषण गरी दिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै, मैले आफ्नो हिस्सा बापत लगानीगर्नुपर्ने रकम सही समयमा सबै तिरेको सम्पूर्ण सबूत प्रमाण सुरक्षित छ । जून आवश्यक परेको खण्डमा पेश गर्न तयार छु ।

मेरो अनुपस्थितीमा मप्रति अन्य कारणलाई लिएर नियतवश मेरो मानहानी गर्ने प्रयास भएको छ । म विगत केही वर्षदेखि सक्रिय रुपमा फिल्म निर्माणमा लागेर फिल्म क्षेत्रले दिएको सम्मान र इज्जतलाई कहिल्यै आँच आउन दिन्नँ र यस्ता खालका अफवाहबाट तपाईहरुमा पर्न गएको असामन्जयस्ताप्रति क्षमा माग्दै भ्रममा नपर्न आग्रह गर्छु । धन्यवाद !

For More videos Log on to Mazzako TV