लामो समयसम्म नेपालमा शरणार्थी जीवन बिताउन बाध्य नेपाली भाषी भुटानी नागरिकको कथामा बनेको फिल्म ‘देश खोज्दै जाँदा’ आउँदो सालको जेठ १२ देखि प्रदर्शनमा आउने भएको छ । बिहिबार प्रेसमिट गर्दै फिल्मको रिलिज मिति र ट्रेलर रिलिज गरिएको हो । ट्रेलर हेर्नुस् :

प्रकाश आङदेम्बेको निर्देशन रहेको फिल्म ‘देश खोज्दै जाँदा’ मा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोईराला, अरुणा कार्की, सरिता ओली, तिब्बत राई लगायतको अभिनय रहेको छ । उपेन्द्र सुब्बा पटकथा रहेको फिल्ममा आवासको संगीत छ । फिल्मका विरेन्द्र क्षेत्रीले कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV