चर्चित गायक हिमाल सागरले ‘तिम्रो चोलीको तुना’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन । नेपाली नयाँ वर्षको पूर्व संध्यामा दर्शकलाई उपहार स्वरुप उनले म्यूजिक भिडियो सार्वजनिक गरेको बताएका छन् ।

भिडियोमा अहिलेकी लोकप्रिय नायिका प्रियंका कार्कीसंगै गायक हिमालको मज्जाको केमेष्ट्रि देख्न सकिन्छ । गीत गायक हिमाल सागरको आफ्नै शब्द र स्वर र संगीतमा तयार भएको हो । म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । सुरेन बस्यालले कोरियोग्राफी गरेको गीतको म्यूजिक भिडियोलाई हरी हुमागाईले खिचेका हुन् । गायक हिमाल यस भिडियोलाई पनि नेपाली दर्शकले मनपराई दिने विश्वास गर्दछन् । गायक हिमाल अहिले देश तथा विदेशका विभिन्न कन्सर्ट र स्टेज कार्यक्रममा ब्यस्त छन् । भिडियो : 

For More videos Log on to Mazzako TV