गायिका माया पुनको ‘आज तिमीलाई’ बोलको गीत पोखरामा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । चर्चित संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन मनोज चौलागाँईले गरेका छन । गायिका पुनले गीतलाई ब्यबसायिक प्रेमिल श्रृजनाको रुपमा हेर्ने गरेको बताईन् । उनले यस अघि राष्ट्रिय गीत सार्वजनिक गरेकी थिईन् । गायिका मायाले यो गीतलाई दर्शक श्रोताले मन पराउने बिश्वास ब्यक्त गरिन् ।

उनको गीतको भिडियोमा अभिनेता जिवन भट्टराई र इन्द्रा पुनले अभिनय गरेका छन । फलानो क्रियशनले तयार पारेको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन । सरोज अधिकारीको छायङ्कन रहेको भिडियोको रंग संयोजक सुवास अमगाई हुन । भिडियो :

 

For More videos Log on to Mazzako TV